देउवाद्धारा राष्ट्रपति प्रति आपत्तिजनक अभिव्यक्ती


काठमाडौं, वैशाख २६: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवि भण्डारी प्रति लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ती दिएका छन।

वैशाख २० गते सरकारको तर्फबाट राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरिएको “मेरो सरकार” भन्ने शब्दावली प्रति कटाक्ष गर्दै सभापति देउवाले भने “अस्ति मेरो सरकार भनिन्। अहिले यिनलाई बेलायती महारानी जस्तो किन बन्नु पर्‍यो? शासन व्यवस्था थाहा छैन कि क्या हो?”

अघिल्लोपटक नीति कार्यक्रम प्रस्तुत गर्दा “मेरो सरकार” भन्ने शब्दावली प्रयोग नभएको प्रसंग उठाउँदै सभापति देउवाले भने “रामवरणले नीति कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेका थिएनन्, उनले पनि अघिल्लो पटक मेरो सरकार भनेकी थिइनन्, पहिला राजाको पालामा हिज म्याजेस्टी गभर्मेन्ट भने जस्तै अहिले हर म्याजेस्टी विद्या भण्डारी गभर्मेन्ट भन्नुपर्ने?”

देउवाले राष्ट्रपति भण्डारी बेलायती महारानी भन्दा भन्दा बढ्ता भएको समेत उल्लेख गरे। उनले भने “राष्ट्रपति भण्डारी बेलायती महारानी भन्दा बढ्ता भइन्!”

पार्टीले आयोजना गरेको एक महिने जागरण अभियानको काठमाडौंमा शुभारम्भ गर्दै पुर्व प्रधानमन्त्री देउवाले उक्त टिप्पणी गरेको हुन।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई