सुनको मूल्य बढ्यो


स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ ।

महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० र तेजाबी सुनको मूल्य रु ९२ हजार ८०० पुगेको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ पुगेको छ । –––

प्रतिक्रिया दिनुहोस