बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु


बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।

मृत्य्ु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस