काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जनामा थप कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराउनु भएको हो ।

उहाका अनुसार काठमाडौँका ७४७, ललितपुरका ११४, तथा भक्तपुरका ७३ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस