भारत बंगलादेश द्धिपक्षीय बैठक लाभदायक : बंगलादेशका विदेशमन्त्री


१४ असोज (रासस÷एएनआई) ः बंगलादेश र भारतबीचको द्धिपक्षीय वार्ता लाभदायक भएको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताउनुभएको छ ।उहाँले हालै भारतका विदेशमन्त्रीसँग भएको द्धिपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताउनुभएको हो ।

बंगलादेश र भारतकाबीच जोइन्ट कन्सल्टेटिभ कमिटि (जेसिसि) बैठक भएको थियो । बंगलादेशका लागि भारतका उच्च कमिसनर रिभा गांगली दाशले यी दुई देशकाबीचमा कार्यरत उक्त जेसीसीको बैठक सम्पन्न भएको बताउनुभयो । यस बैकठ बंगलादेशका विदेशमन्त्री एके मोमिन र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको थियो । सो बैठक दुवै पक्षका लागि लाभदायक रहेको र आपसी हित र आवश्यक अन्य द्धिपक्षीयका विषयमा खुलेर कुराकानी भएको उच्च कमिसनर रिभाले बताउनुभयो । उहाँले दुवै देशबीचमा रहेको सीमा सम्बन्धी मुद्धाहरु आपसी हितमा शान्तिपूर्ण वार्ताका माध्यमबाट टुंग्याउने बारेमा सहमति भएको पनि जानकारी दिनुभयो । यस जेसीसी बैठक बंगलादेश र भारतकाबीचमा हरेक वर्ष हुने गर्दछ । –––

प्रतिक्रिया दिनुहोस  
‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

राष्ट्रसङ्घीय महासचिवद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा   

संयुक्त राष्ट्रसङ्घ, १६ साउन (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने   

वासिङटन, १५ साउन (रासस÷एएफपी) ः अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकू मारिए   

मैमाना, अफगानिस्तान १४ साउन (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई