कडा कदम चालेरै भएपनि काठमाडौंमा मेलम्चीको पानी ल्याईन्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताउनुभएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याई छाड्ने बताउनुभएको हो । उहाँले केही व्यक्तिहरु नै मेलम्ची आउन नदिन लागिपरेको बताउँदै नेकपा नेतृत्वकै सरकारको पालामा मेलम्चीको पानी काठमाडौं आउने स्पष्ट पार्नुभयो ।
उहाँले अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताउनुभयो । ‘म र प्रधानमन्त्री हामी दुवै हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउन दृढ छौं, उहाँले भन्नुभयो, म आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनमा जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उहाँले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताउनुभयो ।
‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्, प्रचण्डले भन्नुभयो , ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’
‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङको काम पनि करिब सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उहाँले भन्नुभयो, ‘तर अझै एक दुई वर्ष लाग्छ भनिएको छ । मलाई लाग्छ मेलम्ची हाम्रै मान्छेहरुले रोकेका हुन् ।’
अध्यक्ष प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोग जस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले अगाडि भन्नुभयो– यो एक किसिमको रोग जस्तै भएपनि हामी यसलाई दृढतापूर्वक सम्पन्न गर्ने अवस्थामा छौँ । जरुरी पर्ने हो भने, यसलाई अप्रेशन नै गर्ने, अप्रेशन गर्न ढिलाई नगरी मेलम्ची ल्याउने भन्नेमा हामी दृढ नै छौँ ।’
प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई