रासस चितवन प्रमुख अधिकारी दम्पतीलाई कोरोना सङ्क्रमण


राष्ट्रिय समाचार समिति(रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहनु भएका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि मङ्गलबार उहाँकी श्रीमती सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरु दुवै होम आइसोलेसनमा रहनुभएको छ । दुवैको स्वास्थ्यावस्था सामान्य रछ । नियमित रिपोर्टिङमा हिँँँँँड्ने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नुबाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस