भो मेरो नजिक नआउ

भो मेरो नजिक नआउ
तिम्रो पशीना गन्हाउछ ।
तिम्रो लुगा गन्हाउछ ।
तिमी श्रमिक ।
भो मेरो नजिक नआउ ।।
तिम्रो जिउमा गोवर गन्हाउछ ।
तिम्रो जिउमा मयल गन्हाउछ ।
तिमी किसान ।
भो मेरो नजिक नआउ ।।
खासमा
म अहिले एलिट भएको छु
तिमिलाई देख्दा म अतितमा हराउछु ।
तिमि किसान र श्रमिक अतित सम्झाउने
भो मेरो नजिक नआउ ।।