नेकपाका स्थायी समिती सदस्य भीम रावलकाे ट्विट – अपानि- निर्णयहरूको उल्लंघन नगर्न कडा चेतावनी


काठमाडौं – नेकपाका स्थायी समिती सदस्य भीम रावलले अपानि-निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ भन्दै नेकपा नेत्रुत्वलाई त्यसो नगर्न चेतावनी दिनु भएको छ ।

हिजो सामाजिक संजाल ट्विटर मार्फत यस्तो चेतावनी दिनु भएको हो । हिजोको मन्त्रिपरिषद्को बैठकले डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेपछी रावलको त्यो ट्विट आएको हो ।

नेता रावलले ट्विट गर्दै भन्नुहुन्छ ‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि-निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ।देश,जनता र पार्टीहितमा आघात पर्नसक्छ।जिम्मेवारहरूको ध्यान जाओस्।’

प्रतिक्रिया दिनुहोस