पौडेलले अर्थमन्त्रीसँग राजधानी साटेर गद्दारी गरेको नेपाली कांग्रेसको आरोप


नेपाली कांग्रेस रुपन्देहीले नेकपा महासचिव विष्णु पौडेल माथि अर्थमन्त्रीको पदसँग प्रदेशको राजधानी साटेको आरोप लगाएको छ।

प्रदेश सरकारले दाङलाई प्रदेशको स्थायी राजधानीको बनाउने प्रस्ताव प्रदेश संसदमा दर्ता गरेपछि रुपन्देही र आसपास जिल्लाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आन्दोलन शुरु गरेका छन।

“विष्णुजीले अर्थमन्त्री पदसँग राजधानी साटेर रुपन्देहीका जनता माथि गद्दारी गर्नु भयो, अर्थमन्त्री पाउने भएपछि उहाँ मौन बस्नु भएको छ” नेपाली कांग्रेस, रुपन्देही जिल्ला सचिव रामकृष्ण खाँणले बताए।

प्रदेश राजधानी सार्ने ५ नं. सरकारको प्रस्तावको विरोधमा नेपाली कांग्रेस र भातृ संगठनका कार्यकर्ताहरुले आज बुटवल, मणिग्राम र सैनामैनामा सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस