सरकारले मुलुकमा सुशासन दिन सकेन: नेता सिंह


नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उहाँले सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताउनुभएको हो । “सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, उहाँले भन्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।

उहाँले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै काङ्ग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई