एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने


एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् । नेपाल बुद्धिचाल सङ्घले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो ।

छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन् । छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए ।

एशियाली बुद्धिचाल महासङ्घले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । एशियन अनलाइन नेशन्स बुद्धिचाल कप यही असोज २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासङ्घले जनाएको छ । उक्त प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काली खेलाडीसित प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस  
नेपालको एसियन कप खेल्ने सपना अधुरै

काठमाडौँ, ६ असोज  : हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त

आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित

  काठमाडौं, ४ असोज आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७

नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

न्युज कारखाना काठमाडौं, १ असोज कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय

सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत   

कास्की, ३० भदौ  : पोखराका क्रियाशील पत्रकार दीपक परियार सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई