प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रिमालले आफूलाई काेराेना पाेजेटिभ देखिएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे हाे । शुक्रबार गरिएकाे परीक्षणबाट काेराेना पाेजेटिभ देखिएकाे भन्दै रिमालले आफूसँग सम्पर्कमा आएका सबै जनालाई ख्याल गर्नु अनुराेध गर्नुभएकाे छ ।

उहाँले ट्विटरमा लेख्नुभएकाे छ – ‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस