गढीमा उभिँदा नेपाली वीरताकाे गौरवपूर्ण अतीत पुन: स्मरण गरायो : मन्त्री बास्कोटा


काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रसुवाका जनप्रतिनिधि र सुरक्षा संयन्त्रका सदस्यहरूसँग आज रसुवागढी नाका अवलाेकन गर्नुभएको छ ।

त्यस अबसरमा वहाँले ” नेपाल-चीन सम्बन्धलाई परस्पर लाभका आधारमा अझ घनिभूत बनाउन हामी प्रयत्नशिल छौं । गढीमा उभिँदा नेपाली वीरताकाे गौरवपूर्ण अतीत पुन: स्मरण गरियाे । ” भन्नुभएको छ ।

रसुवागढी नेपाल-चीन सीमानामा अवस्थित रहेको छ । यो एकसय पचास् बर्षभन्दा पुरानो ऐतिहासिक गढी हो। जंगबहादुरको पालामा भएको नेपाल-तिब्वत युद्धमा तिब्बतीहरूलाई हराएपछि नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए।

बिसं १९१२ सालमा यस गढीको निर्माण भएको थियो। यही गढीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको हो। यो नेपाली इतिहासको साक्षी पनि मानिन्छ।

बहादुर शाह र जंगबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाईमा यही गढीबाट नेपाली पुर्खाहरूले लडेर तिब्बतसँग युध्द जितेका थिए। प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो।

ठूलाठूला ढुंगा कुँदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स-साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजसँग चार पटकसम्म लडाई लडेका थिए।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई