अनिल अम्बानीको रिलायंस कम्युनिकेशंस टाट पल्टियो


अनिल धिरुभाई अम्बानी ग्रुप अन्तरगतको रिलायंस कम्युनिकेशंस (आरकम) टाट पल्टिएको घोषणा गरिएको छ। आरकमको बोर्ड भंग गरि नेशनल कम्पनी ल ट्रिब्युनल (एनएलसीटी) ले कम्पनीको संचालनको नियन्त्रण आफ्नो जिम्मा लिएको छ। कम्पनीसँग ५०,००० करोड रुपैयाँ भन्दा बढीको ऋणको दायित्व रहेको छ।

एनसीएलटीले कम्पनीको बोर्ड आफ्नो हातमा लिएको स्वीकार गरेको छ। एनसीएलटीले एसबीआईको नेतृत्वमा रहेका ३१ बैंकहरूको कन्सोर्टियमलाई ऋणदाताको एक समिति बनाउन समेत अनुमति दिएको छ।

रिलायन्स जियोले दूरसंचार क्षेत्रमा प्रबेश गरे संगै दूरसंचार क्षेत्रमा ट्रारिफ वारको शुरुवात भएको थियो भने उक्त ट्रारिफ वारको कारण आरकमले लामो समय सम्म ठूलो नोक्सानीको सामना गरिरहेको थियो। अनिलका आफ्नै दाजु मुकेश अम्बानीले जियो मोवाइलको माध्यमबाट निःशुल्क कल र धेरै सस्तो डेटा दिई ट्रारिफ वारको सुरुवात गरेका थिए।

ऋणमा फँसेको आरकमले आफ्नो स्पेक्ट्रम रिलायंस जियोलाई बेचेर टाट पल्टिनबाट बचाउन प्रयास गरेको थियो तर लामो कानुनी प्रक्रियाको बावजूद, सरकारद्वारा अनुमोदन गर्नमा ढिलाइ भएकाले उक्त प्रकृया बिचैमा अवरोध भएको थियो।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई