नेकपाका नेता ईश्वर पोखरेलको मध्यरातमा आयो यस्तो ट्विट


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य , उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हिजो मध्यराति सामाजिक सन्जाल ट्विटरबाट ट्विट गर्दै विधि र प्रकृया स्वीकार गरेर मात्र लोकतान्त्रिक हुन सकिन्छ भन्नुभएको छ ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि लक्ष्य गरेर हिजो बुटवलमा ढुङ्गा प्रहार भएपछी पोखरेलको सो ट्विट आएको हो ।

प्रदेश नं ५ को राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकिई मुख्यमन्त्री पोखरेल काठमाडौँ जानुभएको थियो । स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले हिजो रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको थियो ।

ईश्वर पोखरेलको ट्विट गर्दै भन्नुहुन्छ ‘ प्रदेश नं. ५ को नामाकरण र राजधानीका सम्वन्धमा प्रदेश सभामा प्रकृया सम्मत छलफल र निर्णय प्रकृया अगाडि बढिरहेका बेला मुख्य मन्त्री शंकर पोखरेलमाथि गरिएको सुनियोजित हमला निन्दनीय छ ।सबैले बुझ्नुपर्छ – विधि र प्रकृया स्वीकार गरेर मात्र लोकतान्त्रिक हुन सकिन्छ ..!’

प्रतिक्रिया दिनुहोस