कांग्रेस प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएपछी काँग्रेस प्रवक्ता शर्माको आयो यस्तो ट्विट


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ काे प्रदेश सभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको भन्दै ट्विट गर्नुभएको छ ।

साेमबार प्रदेश नम्बर ५ काे प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका तीन सांसदले कुर्सी र टेबल ताेडफाेड गर्ने, माइक भाँच्ने लगायतका गतिविधि गरेपछी शर्माको ट्विट आएको हो ।

सामाजिक सन्जाल ट्विटरबाट ट्विट गर्दै भन्नुहुन्छ ‘ प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ ! रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन । संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको,कांग्रेसका लागि रोजाईको पद्धति हो l परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो ! अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन,कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं !

प्रतिक्रिया दिनुहोस