कमल थापाको ट्विट– केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ भन्नुभएको छ ।

थापाले आज बिहान सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

हिजो प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले कुर्सी भाँचेर टेबुल र माइक तोडफोड गरेपछी थापाले सो कार्यलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय समेत भन्नुभएको छ ।

थापाको ट्विट ‘ ५नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।
यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ।केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ

प्रतिक्रिया दिनुहोस