प्रदेश ५ को स्थायी राजधानी देउखुरी, प्रस्तावको पक्षमा ६९ मत, विपक्षमा १३


प्रदेश ५ को र स्थायी राजधानी देउखुरी बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई भन्दा बढी बहुमतले पास गरेको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । प्रस्तावको विपक्षमा १३ परेको छ । प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस