कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन


दमौली, २४ चैत : प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने सरकारको घोषणाबमोजिम तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा स्थापना भएको कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) मार्फत् मङ्सिर २ गतेबाट नै पढाइ शुरु भइसकेको उक्त शिक्षालयको शनिबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्नुभएको हो । सो अवसरमा मन्त्री गुरुङले दक्ष जनशक्ति भए मात्रै समृद्ध नेपाल निर्माण सम्भव रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादन प्राविधिक शिक्षाबाट हुने बताउनुभयो । उहाँले परम्परागत शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन गर्ने भएकाले अहिलेको प्रमुख आवश्यकता व्यावसायिक शिक्षा भएकामा जोड दिनुभयो । गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षालाई महत्व दिएर बजेटसमेत विनियोजन गरेको भन्दै मन्त्री गुरुङले प्रदेश सरकारले आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिनुभयो । कार्यक्रममा पूर्वसचिव शान्तबहादुर श्रेष्ठले ‘एक घर, एक प्राविधिक’ उत्पादन गर्न सकिए कोही पनि बेरोजगार बन्नुनपर्ने बताउनुभयो । उहाँले वन विज्ञानमा जनशक्तिको देशमा ठूलो माग रहेको भन्दै त्यो मागलाई पूरा गर्न कालीगण्डकी प्राविधिक शिक्षालयले सहयोग पु¥याउने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले प्राविधिक शिक्षा सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) का गण्डकी प्रमुख भुवनेश्वर ढुङ्गानाले औचित्य र मागका आधारमा सीपमूलक पढाइ सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कालीगण्डकी प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार शिक्षालयमा वन विज्ञानको पढाइ मङ्सिर २ गतेबाट शुरु भइसकेको छ । चालीस कोटा रहेको शिक्षालयमा ३७ विद्यार्थी अध्ययनरत छन् । उहाँका अनुसार शिक्षालयमा जुम्ला, रुकुमु, दार्चुला, बाजुरा, जाजरकोट, सल्यान, हुम्लालगायतबाट विद्यार्थी अध्ययनका लागि आएका छन् । शिक्षालयको हालसम्म आफ्नै भवन नभएकाले सोही वडामा रहेको कृष्ण माध्यमिक विद्यालयको कक्षाकोठामा वन विज्ञानको पढाइ हुँदै आएको छ । छिट्टै नै शिक्षालयको आफ्नै भवन निर्माण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म शिक्षालयको आफ्नै भवन छैन, वैकल्पिक व्यवस्था गरी पठनपाठन सञ्चालन गरिरहेका छाँै ।” सिटीइभिटीमार्फत भवन निर्माणका लागि चालू आर्थिक वर्षमा रु ५० लाख प्राप्त भइसकेको र आगामी दशैँअगावै चारकोठे भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई