डा.केसीको अनसनको नैतिकता माथि प्रश्न; सरकारी अस्पतालमा सेवा बन्द, वार्ता टोलीमा निजीका लगानीकर्ताको बाहुल्य


तस्विर: सामाजिक संजाल

निजी अस्पतालका लगानीकर्तालाई वार्ता टोलीमा राखेपछि डा.गोबिन्द केसीको अनसनको नैतिकतामा प्रश्न उठेको छ। चिकित्सा क्षेत्रको सुधार र स्वास्थ्य क्षेत्रमा जनताको सर्वसुलभ पहुँचको लागी भन्दै डा.केसी अनसन बस्दै आएका छन। यो उनको १९औ अनसन हो ।

सरकारले डा.केसीसँग वार्ता गर्नको लागि वार्ता टोली गठन गरे लगतै डा.केसीले आफ्नो तर्फबाट पनि वार्ता टोलीको गठन गरेका छन। डा. जिवन क्षेत्रीको नेतृत्वको वार्ता टोलीमा अभिवक्ता ओम प्रकाश अर्याल, डा. लोचन कार्की तथा डा. अन्जनी कुमार झा सदस्य रहेका छन। डा.कार्की नेपाल चिकित्सा संघका निर्वाचित अध्यक्ष हुन ।

वार्ता टोलीका अर्का सदस्य डा. झा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष हुन। उनी नेपाल सरकारबाट सेवा सुविधा प्राप्त गर्ने अधिकारी हुन।

डा.कार्कीे नोबेल अस्पताल, बानेश्वर र हिमाल अस्पताल, ज्ञानेश्वरका लगानीकर्ता हुन। उनी नोबेल अस्पतालका मेडिकल डाइरेक्टरको रुपमा कार्यरत रहेका छन भने हिमाल अस्पतालबाट समेत सेवा प्रदान गर्ने गर्दछन।

त्यसै गरि डा.झा काठमाडौं क्यान्सर सेन्टर, भक्तपुरका लगानीकर्ता हुन । उनि उक्त अस्पतालबाट सेवा प्रदान समेत गर्ने गर्दछन।


डा.केसीसँग वार्ताको लागि सरकारमाथि दवाव बढाउन भन्दै हरेक अनसनमा नेपाल चिकित्सक संघले अस्पताल हडतालका कार्यक्रम सार्वजनिक गर्ने गर्दछ। संघले हडताल कार्यक्रम सहभागी हुन आफ्ना माताहतका डाक्टरलाई आह्वान गर्छन। संघको आह्वानलाई शिरोधार्य गर्दै सरकारी अस्पतालका डाक्टरहरुले आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने गरेका छन। जनतालाई सेवा गर्नु पर्ने डिउटी आवरमा डा.केसीको जिवन रक्षाको लागि भन्दै लागि माइतिघरमण्डलामा आन्दोलन गर्दै आएका छन।

तर निजी अस्पतालका सेवाहरु भने “डा.केसीको जिवन रक्षा”को लागि भन्दै कहिल्यै पनि बन्द भएका छैनन्।यसरी डा.केसी अनसन बस्ने, निजी अस्पतालका लगानीकर्ता पदाधिकारी भएको चिकित्सक संघले “डा.केसीको जिवन रक्षा”को लागि अपिल भन्दै अस्पतालका सेवा वहिस्कार गर्न आह्वान गर्ने, त्यहि आह्वानको आधारमा सरकारी अस्पतालका सेवा ठप्प पार्ने तर निजी अस्पतालको सेवा सुचारु रुपमा चल्दै आएको छ। अर्थात डा.केसीको अनसन परोक्षरुपले निजी अस्पतालको लागि विरामी खोज्ने साधनको रुपमा प्रयोग भई रहेको छ।

“‘मेडिकल मफिया” सँग लडेर जनतालाई सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्याइ छाड्छु भन्ने “त्यागी” डा.केसीलाई सेवाग्राहीको लुटका पर्यायवाची बनेका निजी अस्पतालका मालिकहरुको (डा.केसीको भाषामा भन्दा “मेडिकल मफिया”) साथ किन आवस्यक पर्यो? निजी अस्पतालका मालिकको इशारामा गरिब दुखीका लागि खोलिएका अस्पताल बन्द गरेर जनतलाई कस्तो सेवा पुर्याउन खोजिएको हो? सरकारी अस्पतालमा सेवा बन्द भएका कारण समयमा उपचार नपाएर निजी अस्पताल धाउन बाध्य पारिएका गरिब दुखी विरामीलाई डा.केसीले जवाफ दिनै पर्छ।

प्रतिक्रिया दिनुहोस