वाइडबडी, एनसेल, सुनकाण्डलगायत अनियमिततामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग


एघार विद्यार्थी सङ्गठनले वाइडबडी, एनसेल, सुनकाण्डलगायत अनियमिततामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । सङ्गठनद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न समयमा राज्यसत्ताको दुरुपयोग गरी बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया, कर्मचारीलगायतलाई छानबिन गर्न माग गरिएको छ । शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गरिएको विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न कूल बजेटको २५ प्रतिशत वृद्धि गर्न, निजी शैक्षिक संस्थाले गैरकानूनी रुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरिएको छ । राज्यकोषबाट तलब प्राप्त गर्ने सबै सेवाका राष्ट्र सेवकले आफ्ना सन्ततिलाई अनिवार्य रुपमा सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने र निजी शैक्षिक संस्था सञ्चालन गर्न नपाउने व्यवस्थाको उल्लेख गरिएको विज्ञप्तिमा मेडिकल कलेजको मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी जनताको प्रतिव्यक्ति आयका आधारमा निश्चित शुल्क लिन वैज्ञानिक शुल्क निर्धारणलगायतको माग गरिएको छ । यसैबीच सङ्गठनका नेता ऋषिकेशजङ्ग शाहले अनुसन्धानका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्रलगायत संस्था तथा विज्ञसँग सङ्गठनले आगामी जेठ ११ गते छलफल गरी सुझाव सङ्कलन गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई