डा.केसीको तर्फबाट वार्ता टोलीमा सामेल डा.अञ्जनी कुमार झा को हुन ?


डा.केसीको तर्फबाट सरकारसँग वार्ता गर्ने टोलीका सदस्य मध्ये एक हुन ड.अञ्जनी कुमार झा । डा.झाको विगत हेर्ने हो भने उनि विगत सफा छैनन्, विवादास्पद छ।

डा.झा हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्षको रुपमा कार्यरत रहेका छन भने भक्तपुर स्थित काठमाडौं क्यान्सर सेन्टरका लगानीकर्ता मध्येका एक हुन।

केहि बर्ष पहिले नेपाल प्रहरीको सिबिआईले नक्कली प्रमाणपत्रधारी डाक्टहरु विरुद्ध “अपरेसन क्वाक” नामको अपरेसन सुरु गरेको थियो । प्रहरीको “अपरेसन क्वाक”को खुलेर विरोध गर्ने मध्येको अग्रपंतिमा डा. झा थिए। सिबिआईले नक्कली डाक्टरहरुलाई भटाभट समाउन थाले पछि डा. झाले प्रहरीलाई अपरेसन तुरुन्त बन्द गर्न अपिल गरेका थिए। नक्कली डाक्टरहरु विरुद्धको उक्त अपरेसन बन्द नभएमा नेपाल चिकित्सक संघमा तालाबन्दी गर्ने धम्की समेत दिएका थिए।

पदको दुरुपयोग गरि गैरकानुनी सम्पती आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल फाल्गुन महिनमा उनलाई छानबिनको दायरामा ल्याएको थियो।

डा.झाले नेपाली कांग्रेसको पछिल्लो महाधिवेसनमा प्रतिनिधीको हैसियतले भोट हालेका थिए।

अरुलाई नैतिकताको कसीमा जाँच्ने डा.केसी यस्ता “दागी” चरित्रका व्यक्तीहरुको प्रति किन सकारात्मक छन? जनता जान्न चाहान्छन !

प्रतिक्रिया दिनुहोस