गुण्डाका नाइके कांग्रेसी नेता राधे पक्राउ


नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल, धादिङ जिल्ला उपसभापति राधाकृष्ण भण्डारी उर्फ राधे पक्राउ परेका छन। राधेलाई धादिङ प्रहरीले धादिङबेशीबाट बिहिबार पक्राउ गरेको हो ।

राधे खोलानालाबाट अवैध रूपमा बालुवा निकाल्ने, असुली, चन्दा, लगायत गतिविधिमा संलग्न छन्।

राधेलाई सार्वजनिक शान्ति भंग गरेको आरोपमा धादिङ प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेकोछ।

प्रतिक्रिया दिनुहोस