बोको हरामको क्रियाकलाप भन्दा पनि क्रुर डा केसीको “सत्याग्रह”


नेपाल चिकित्सक संघले डा. केसीको समर्थनमा आह्वान गरेको सरकारी अस्पताल बन्दको घोषणा नाइजेरियाको आतंककारी संगठनको बाको हरामको क्रियाकलाप भन्दा पनि निकृष्ट भएको जनमोर्चाको भातृ संगठन अखिल नेपाल विद्यार्थी संघ (छैटौं) का अध्यक्ष बिमल पोखरेलले बताएका छन।

“नाइजेरियाको बोको हराम समूहले अपहरण गरिएका व्यक्ति विरामी हुँदा उपचार गर्छ । दोस्रो विश्वयुद्धका खलपात्र मानिएका हिटलर र मुसोलिनीले पनि अस्पताल बन्द गराएनन् । चिकित्सक संघको आह्वानमा भएको अस्पतालको हड्ताल निकृष्ट अपराधिक धन्दा हो । यस्तो निकृष्ट धन्दा बोको हरामले पनि गर्दैनन् ।” अध्यक्ष पोखरेलले ट्विट गर्दै अस्पताल बन्द गर्ने संघको कार्यको बिरोध गरेका छन।

नेपाली कांग्रेस समर्थित डाक्टरहरुको बाहुल्य भएको नेपाल चिकित्सक संघले डा.केसीको सत्याग्रहको समर्थनमा भन्दै अस्पतालका सेवाहरु वहिस्कार गर्ने घोषणा गरेको छ। देशभरका अस्पतालहरुको सेवा बहिस्कार गर्ने भनिए पनि सरकारी अस्पताल मात्र बन्द हुने तर निजी अस्पतालले भने सेवा बन्द गर्ने गरेको छैनन्।

डा.केसीको अनसनमा एकबद्धता जनाउन संघले डा.केसीका हरेक अनसनमा अस्पतालमा बन्द गर्ने गरेको छ। आफुलाई सत्यग्रही भन्ने डा.केसीले संघको घोषणा प्रति मौन समर्थन गर्ने गरेका छन। उनले सरकारी अस्पताल बन्द गर्ने संघको घोषणाको हाल सम्म विरोध गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस