तीन वर्षभित्रै विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाईने , चालु आर्थिक वर्षमा १ लाख ४३ हजार २ सय १८ घरधुरी खरमुक्त बनाउने लक्ष्य


गजेन्द्र थपलियाको फेसबुकवाट

काठमाडौं । सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुरूप सहरी विकास मन्त्रालयले ‘खरको छानोमुक्त अभियान’ सञ्चालनमा ल्याएको हो ।

विपन्नका लागि ल्याइएको अभियानअन्तर्गत सरकारले विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाइदिनेछ ।

चालु आर्थिक वर्ष २०७७-७८ मा सातै प्रदेशका गरी १ लाख ४३ हजार २ सय १८ घरधुरी खरमुक्त बनाउने लक्ष्य छ ।

त्यसअनुसार खरको धुरीमुक्त अभियान तीव्रतासाथ अघि बढाइएको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

उहाको अनुसार यस अार्थिक बर्षमा मात्रै १,४३,२१८ घरधुरीले प्रति घर ५०,००० का दरले रू ७ अरब १६ कराेड ९ लाख प्राप्त गर्नुहुनेछ। अागामी ३ बर्षमा सबै खरकाे छानाे मुक्त घर बनाउने कार्यक्रममा जनताबाट निर्वाचित वडा सदस्यदेखि सांसदसम्म, सबै दलका नेता कार्यकर्ता र जनताले सहयाेग र सहजीकरण गरी ती जनताकाे अनुहारमा चमक ल्याइने छ । सरकार ग्रामिण क्षेत्र र निम्न अाय भएका जनताकाे घरघरमा पुग्ने अभियानमा छ । यस अा. व. मा प्रदेशगत लाभान्वित घरधुरी निम्न अनुसार रहेकाे छ।
१ नं प्रदेश ४१,४५० घरधुरी
२ नं प्रदेश २९,५९० घरधुरी
बागमती प्रदेश ९,०५५ घरधुरी
गन्डकी प्रदेश १२,६५९ घरधुरी
लुम्बिनी प्रदेश २५,८८५ घरधुरी
कर्णाली प्रदेश ११,१६४ घरधुरी
सुदुरपश्चिम प्रदेश १३,४१५ घरधुरी

प्रतिक्रिया दिनुहोस