नेपालमा एकै दिन पाँच हजार भन्दा बढीमा कोरोनाभाइरस पुष्टि, १४ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा नेपालमा ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५००८ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौं उपत्यकामा २६७२ जनामा कोरोना संक्रमण देखिएको छ ।। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख पाँच हजार नाघेको छ।

प्रतिक्रिया दिनुहोस