मन्त्री भट्टराईलाई कोरोना संक्रमण भएपछी यस्तो लेखे स्टाटस


काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । मन्त्री भट्टराईले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको स्टाटस

गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?

प्रतिक्रिया दिनुहोस