मुख्यमन्त्री पौडेलद्वारा द्रुतमार्गको अवलोकन


वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज निजगढ काठमाडौँ द्रुतमार्ग अन्तर्गतको बुदुने खण्डको अवलोकन गर्नुभएको छ ।

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को अवलोकनका लागि उहाँ आज मकवानपुरगढी गाउँपालिकाको बुदुने पुग्नुभएको हो । “तराईलाई सोझै छोटो मार्गद्वारा काठमाडौँ जोड्ने यो परियोजनाले वाग्मती प्रदेशसहित देशको यातायात क्षेत्रमा ठूलो महत्व राख्दछ”, उहाँले भन्नुभएको छ ।

त्यस क्रममा मुख्यमन्त्री पौडेलले हेटौँडा १८ नम्बर वडामा व्यक्तिगत र सामुहिकरुपमा लगाइएको मेवा खेतीको पनि अवलोकन गर्नुभएको थियो । कृषिमा लाग्ने किसानका लागि मेवा खेती अनुकरणीय रहेको उहाँको भनाइ छ ।

आज नै हेटौंडा निर्माणाधिन गौरीटार रंगशालाको फुटबल मैदान, कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न बनाइएको आइसोलेसन कक्ष र हेटौंडा बहुप्राविधिक महाविद्यालय निर्माण स्थलमा उहाँले जानकारी दिनुभएको थियो । –––

प्रतिक्रिया दिनुहोस