को बन्छ करोडपतीमा राजीव जैन बने पहिलो करोडपति!

काठमाडौं : टेलिभिजन रियालिटी शो को बन्छ करोडपतिमा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन्।
‘को बन्छ करोडपति’मा भाग लिँदै १५ औ प्रश्नको सहि जवाफ दिएर राजीवले एक करोड रुपैयाँ जितेका हुन्।
एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो ४२औ भाग हो।