नेकपा स्थायी कमिटी सदस्य भीम रावलको कडा ट्विट ‘नेकपामा अनिष्टको संकेत देखियो’


नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपामा अनिष्टको संकेत देखिएको बताउनु भएको छ । सोमबार अपरान्ह सामाजिक सन्जाल ट्विटरबाट ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

नेकपाको विवाद केन्द्रमा मिल्दै गए पनि प्रदेशहरूमा नयाँ विवाद देखिन थालेको छ । हालै कर्णली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्र शाहीविरूद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पेश गरेपछि नेकपा कर्णालीको विवाद सतहमा आएको हो ।

संसद यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि रावलको ट्विट आएको हो ।

नेता रावलको ट्विट
नेकपा,स्थायी समितिले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो।निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री विरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ।समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्।देशहित ठूलो हो ।

 

प्रतिक्रिया दिनुहोस