आजदेखि खाली सिलिण्डरको मूल्य लागू


नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ ।

यसअघि सङ्घले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलिने सङ्घले जनाएको छ । सङ्घले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर)मार्फत लिनसमेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिण्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ । सङ्घले तोकेको नयाँ मूल्य अुनसार रु एक सय बिक्रेताका लागि छुट्याइएको जनाएको छ । सङ्घले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिण्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ । उद्योग तथा बिक्रेता अुनसार खाली सिलिण्डरको मूल्य रु तीन हजार ५०० सम्म लिने गरिएकोमा आजबाट सबै उद्योगका सिलिण्डरको मूल्य रु दुई हजार एक सय लागू भएको छ । –––

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई