हावाहुरी पीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो


गलेश्वर, २४ चैत : यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ । विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्बन्धित ठाउँमा नै पुगेर उद्धारकार्यमा जुट्ने गर्नुभएको छ । स्वयंसेवीका रुपमा स्वतःस्फूर्त विपत्ति परेको ठाउँमा पुग्ने २५ वर्षीय पौडेल आफ्नो व्यक्तिगत सुखसयललाई समेत छाडेर अरुको पीडामा मल्हम लगाउने कार्यमा निरन्तर जुटिरहनुभएको छ । भूकम्प गएको पर्सिपल्ट गोरखाको आरुघाट पुगेर उद्धार र राहत वितरणमा जुट्नुभएका पौडेल त्यसपछि निरन्तररुपमा ३० भन्दा बढी ठाउँमा पुगेर स्वयंसेवी कार्य गर्दै आउनुभएको छ । पछिल्लो समय हावाहुरीबाट आक्रान्त भएको भलुहिभर्वोलियमा पौडेलको नेतृत्वमा १५ विद्यार्थी सम्मिलित एक समूहले छ दिनसम्म लगातार पीडितको उद्धार, राहत र अन्य व्यस्थापकीय काम गरेर फर्किएको छ । “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ आँधी आए तराईमा पहाडले छेक्नुपर्छ । हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ ।” गीतकार दिनेश अधिकारीको शब्द र गायक स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतले भने जस्तै तराईमा आएको हावाहुरीबाट प्रताडित भएका पीडितहरुको उद्धार र राहतका लागि पहाडबाट गएका एक युवाको नेतृत्वमा प्रशस्तै मानवीय, व्यवस्थापकीय र आर्थिक सहयोगका काम भएका फेटा–१ वडाध्यक्ष जयप्रकाश दासले बताउनुभयो । हावाहुरी प्रभावित बालबालिकालाई राहत सामग्री बाँड्नुका साथै थोरै मात्रामा भए पनि प्रभावित क्षेत्रका बालबालिकामा परेको त्रास कम गर्न र उनीहरुलाई पुरानै अवस्थामा फर्काउन शैक्षिकलगायत खेलकूद सामग्री वितरण गरेको पौडेलले जानकारी दिनुभयो । पीडितका लागि शौचालय, टेन्ट निर्माण गर्नुका साथै खाली खुट्टा भएका बालबालिकालाई चप्पल र नाङ्गो आङ भएकालाई आफूले सक्दो पैसा खर्च गरेरै भए पनि कपडा किनिदिएको उहाँले बताउनुभयो । पौडेलले म्याग्दीमा जुटाएको करीब रु १ लाखको राहत सामग्रीसमेत वितरण गर्नुभएको छ । छ दिनसम्म श्रमदान गरेर शौचालय र टहरा निर्माण गरिदिएपछि पौडेलको टोली शनिबार फेटाबाट फर्किएको हो । नेपाली सेनासँग सहकार्य गरेर पौडेल नेतृत्वको टोलीले फोहर व्यवस्थापन, महामारी फैलिन नदिने उपायलगायतका अन्य धेरै जनचेतनामूलक काम पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई