लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्धारा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बधाई


बुटवल, २६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बधाई दिनुभएको छ । मन्त्रिपरिषदको पछिल्लो पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेललाई उपप्रधानमन्त्री तथा मन्त्री परिषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी  दिनु  भएकोमा मुख्यमन्त्री पोखरेलले बधाई दिनु भएको हो ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ । पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी हुनुभएको छ । अन्य मन्त्री र उहाँहरुको कार्यभार यथावतै छ ।

मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा ‘उपप्रधानमन्त्री तथा मन्त्री परिषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गर्नु भएकोमा कमरेड ईश्वर पोखरेललाई हार्दिक बधाई । तपाईको भूमिकावाट सरकारको समग्र काम थप प्रभावकारी हुने विश्वास सहित शुभकामना ।’ भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस