उपप्रधानमन्त्री पोखरेलको मध्यरातमा आयो यस्तो ट्विट


२८ असोज, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मध्यराति सामाजिक सन्जालमा विकसित परिस्थिति र घटना- प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्ति/ टिप्पणी हेर्दै. बुझ्ने कोशिस गर्दै भन्दै ट्विट गर्नुभएको छ ।

मन्त्रिपरिषदको पछिल्लो पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेललाई उपप्रधानमन्त्री तथा मन्त्री परिषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी दिनु भएपछी सामाजिक सन्जालमा थरीथरीका टिप्पणी आएपछी पोखरेलको ट्विट आएको हो ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ । पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी हुनुभएको छ । अन्य मन्त्री र उहाँहरुको कार्यभार यथावतै छ ।

प्रतिक्रिया दिनुहोस