बाबुराम प्रतिपक्ष कि सत्तापक्ष?


काठमाडौ, ३० बैशाख: गत बैशाख २३ गते बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजबादी फोरमका बीचमा एकीकरण भएर समाजवादी पार्टी नेपाल गठन भएको छ ।

उक्त एकीकरण तथा समाजबादी पार्टी स्थापनाको घोषणा अवसरमा अध्यक्षद्वय भट्टराई र यादवले आफूहरुले संयुक्तरुपमा नेतृत्व गरेको समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति हुने दाबी गरेका छन् । संघीय समाजवादी पार्टी नयाँशक्ति नेपालसँग एकीकरण भएर समाजवादी पार्टी गठन भएको भएपनि अहिले पनि समाजवादी पार्टी बर्तमान सरकारकै एउटा घटक दल रहेको छ । किनभने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यो सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहेका छन् । त्यसै गरि सह महासचिव मोहम्मद इश्तियाक राई शहरी विकास मन्त्री पदमा रहेका छन् । सरकारमै रहेको अवस्थामा अध्यक्षले नै आफ्नो पार्टी सरकारको वैकल्पिक राजनीतिक शक्ति हुने दाबी गर्नुलाई विचित्रको राजनीति मानिएको छ भने अहिले समाजबादी पार्टी सरकारमा छ कि प्रतिपक्षमा छ भन्नेमा पनि यो पार्टीका नेतृत्वले जनतालाई स्पष्ट पार्न जरुरी भएको छ । समाचार सूत्रका अनुसार साविक नयाँ शक्तिका संयोजक डा भट्टराई अध्यक्ष यादब र सहमहामन्त्री राई यो सरकारबाट तत्काल हटेर प्रतिपक्षमा आउनुपर्छ भन्ने अडानमा रहेका छन्। तर उपेन्द्र यादव भने सविंधान संशोधनका निम्ति सरकालाई समयसीमामा पनि संविधान संशोधन गर्ने क्रम अगाडी नबढे सरकारबाट हट्ने प्रस्ताव राखेर सकेसम्म सरकारमा लामो समयसम्म टिक्ने रणनीतिमा लागेका छन्।

संघीय समाजवादी पार्टी र नयाँ शक्ती एकीकरण भएर समाजवादी पार्टी गठन भएदेखि नै अध्यक्षद्धय भट्टराई र यादवका बीचमा यो विवाद सुरु भएको छ। (साभार-साँघु साप्ताहिक)

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई