राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि,किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा


२९ असोज (रासस–एएनआई) –– किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गर्नु भएको छ । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजिनामा दिन लाग्नु भएको अनुमान गरिएको छ । राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभएको छ, “म सत्तामा रहिरहन चाहन्न ।

किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन । त्यही कारण म राजिनामा दिँदैछु ।” राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गर्नु भएको छ । किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ । सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केक लगायतका प्रमुख शहरमा परिचालन गरेको छ । प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । पूर्व सोभियत संघबाट अलग्गिएर स्वतन्त्रता प्राप्त गरेको किर्गिजस्तान मध्य एसियाकै निकै गरिब मुलुकमा गनिन्छ । ––

प्रतिक्रिया दिनुहोस  
    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान   

– प्रकाश सिलवाल, सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न

  माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता  

काठमाडौँ, ११ मङ्सिर (रासस) नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र

  डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु ः प्रचण्ड   

बनेपा, ११ मङ्सिर (रासस) ः नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि

  एमाले महाधिवेशन ः पदाधिकारी थपेर सहमतिको प्रयास   

चितवन, ११ मङ्सिर (रासस) नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई