भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघ्यो ,


३० असोज (रासस ÷सिन्ह्वा) ः भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७३ लाख ७२ हजार ३९४ भएको छ ।

यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १२ हजार २१४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ६० हजार ४३९ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८३५ जनाको मृत्यु भएको छ । भारतमा गत सेप्टेम्बर २८ बाट अक्टोबर १० सम्म अर्थात १३ दिनमा कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ । अझै पनि भारतभरी ८ लाख ७ हजार १२६ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ५३ हजार ५४ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड २२ लाख ५४ हजार ९२७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ , । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९२ लाख ५२ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९४ लाख २२ हजार ४११ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६३ लाख १ हजार ९२७ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस  
कुलमान असल र व्यावसायिक व्यक्ति हुन : एमाले सांसद सिलवाल

काठमाडौँ, २० साउन : नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण

एमालेका प्रभावशाली नेता योगेश भट्टराईले कडा स्टाटस : सत्तारुढ गठबन्धन किन उल्टो बाटो हिंड्न् खोज्दैछ ?

  सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्न सुझाब दिएको भन्ने आजको समाचारमा पढ्न

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेपछी एमालेकी नेतृ शान्ता चौधरीको यस्तो आयो ट्विट

काठमाडौँ, २० साउन : नेकपा एमालेकी नेतृ शान्ता चौधरीले जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल   

सिन्धुपाल्चोक, २० साउन (रासस) : गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई