नेकपा स्थायी कमिटी सदस्य भीम रावलको ट्विट ‘ विदेशी ऋण लिने र देशको जनशक्ति विदेशमा पठाउने काम राष्ट्रिय हितमा छैन’


 

 

 

१ कार्तिक, काठमाडौं : नेकपा स्थायी समिति सदस्य एवम पुर्व गृहमन्त्री भीम रावलले विदेशी ऋण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा छैन भन्नुभएको छ ।

उहाले सामाजिक सन्जाल ट्वीटरमा शुक्रवार एक ट्वीट गर्दै उक्त कुरा बताउनु भएको हो ।

नेता रावलको ट्वीट : विदेशी ऋण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा छैन ।राष्ट्रिय स्रोतको अत्यधिक सदुपयोग र जनशक्तिलाई देशको विकास र उन्नतिका लागि परिचालन गर्ने कार्यले मात्र समृध्दि हासिल गर्दै राष्ट्रिय स्वाधीनता बलियो हुन्छ ।

प्रतिक्रिया दिनुहोस