थप ३ हजार १ सय ६७ मा कोरोना पुष्टि,कुल सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजारभन्दा बढी


 

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय ६७ मा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजारभन्दा बढी पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ ।

पछिल्लो २४ घण्टामा थप १८०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८९ हजार ८४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस