मन्त्री श्रेष्ठद्वारा सहिदप्रति सम्मान


नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका सहिदको सालिकमा पुगेर आज माल्यार्पण गर्नुभएको छ ।

मन्त्रीकारुपमा सपथग्रहण गरेको तेस्रो दिन उहाँले देश र जनताका लागि प्राण आहुति दिने सहिदको शालिकमा माल्यार्पण गर्नुभएको हो । उहाँले टेकु पचली, शोभा भगवती, गणेणस्थानलगायतका स्थानमा पुगेर सहिदप्रति सम्मान व्यक्ति गर्नुभएको हो । मन्त्री श्रेष्ठले आजै कोटेश्वरस्थित मदन भण्डारी पार्क पुगेर उहाँको सालिकमा पनि माल्यार्पण गर्नुभएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी नेतृत्व गर्दै आउनुभएका उहाँ काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस