न्यूजिल्याण्डको सत्ताधारी लेबर पार्टीलाई अत्यधिक बहुमत आउने सुनिश्चित


न्यूजिल्याण्ड निर्वाचनको प्रारम्भिक नतिजाले सत्ताधारी लेबर पार्टीलाई पुनः नेतृत्वमा पठाउने सुनिश्चितता भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

प्रधानमन्त्री जसिन्दा आर्डनले दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्कापक्की हुने देखिएको छ । खसेको मतको करिब ९८ प्रतिशत मत गणना सकिँदासम्ममा लेबर पार्टीले ४९ प्रतिशतसहित १२० सदस्य सङ्ख्यामा ६४ सिटमा विजय हाँसिल गरेको छ भने विपक्षी नेशनल पार्टीले २७ प्रतिशत मतसहित ३५ सिटमा विजय हाँसिल गरेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आफ्नो दलको विजय भएपछि प्रतिक्रिया दिँदै आफ्ना शुभेच्छुकहरूलाई धन्यवाद दिनुभएको छ । उहाँले मतदाताको अपेक्षा र आफ्नो दलको घोषणापत्र अनुसार भोलि देखि नै नया कामको सुरुवात गर्ने बताउनुभयो । त्यसैगरी नेशनल पार्टीका नेता जुडिथ कोलिन्सले आफ्नो दलको पराजय स्वीकार गर्नुभएको छ । उहाँले आफ्नो दलले विपक्षी पार्टीको रूपमा सशक्त प्रतिपक्षिका रूपमा सरकारलाई राम्रो कामका लागि दवाव दिने बताउनुभयो । कोलिन्सले आफ्नो दलले पराजयबाट शिक्षा लिँदै थप सशक्त, अनुशासित र जनतासँग थप जोडिएर काम गर्ने बताउनुभयो । न्यूजिल्याण्डवासीले शनिबार सम्पन्न आम निर्वाचन तथा जनमतसङ्ग्रहका लागि मतदान गरेका हुन् । निर्वाचन अकल्याण्डमा देखिएको कोभिड–१९ सङ्क्रमणको कारण एक महिना ढिलो गरी सम्पन्न भएको छ । इच्छामरण र गाँजा खेतीबारे जनमतसङग्रहको प्रारम्भिक नतिजा अक्टोबर ३० र अन्तिम नतिजा नोभेम्बर ६ मा सार्वजनिक हुने आयोगले जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस  
कुलमान असल र व्यावसायिक व्यक्ति हुन : एमाले सांसद सिलवाल

काठमाडौँ, २० साउन : नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण

एमालेका प्रभावशाली नेता योगेश भट्टराईले कडा स्टाटस : सत्तारुढ गठबन्धन किन उल्टो बाटो हिंड्न् खोज्दैछ ?

  सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्न सुझाब दिएको भन्ने आजको समाचारमा पढ्न

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेपछी एमालेकी नेतृ शान्ता चौधरीको यस्तो आयो ट्विट

काठमाडौँ, २० साउन : नेकपा एमालेकी नेतृ शान्ता चौधरीले जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल   

सिन्धुपाल्चोक, २० साउन (रासस) : गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई