काउन्सिलले एभिन्युजसंग माग्यो स्पष्टीकरण
एभिन्युज खबरको एक अन्तरवार्ताका क्रममा कार्यक्रम संचालकले प्रयोग गरेको भाषा तथा शब्द चयनलाई संज्ञानमा लिँदै नेपाल प्रेस काउन्सिलले उक्त च्यानललाई स्पष्टीकरण सोधेको छ।
आइतबार लिएको एक अन्तरवार्ताका क्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवमाथी कार्यक्रम संचालकले बकवास गरेको आरोप लगाउँदै कार्यक्रम स्थल छोडेर जान भनेका थिए। कार्यक्रम संचालक र अध्यक्ष यादव विचमा विवाद बढे पछि अध्यक्ष यादव कार्यक्रम छोडी बाहिरिएका थिए।

अध्यक्ष यादवसंगको अन्तरवार्ताको भिडियो सामाजिक संजालमा भाइरल भए संगै बीरगञ्ज स्थित
एभिन्युज खबरको कार्यालय अज्ञात समुहले तोडफोड गरेको छ। स्थानिय प्रहरीले उक्त समुहको हाल सम्म परिचान भइ नसकेको जनाए पनि एभिन्युज खबरले भने अध्यक्ष यादवका कार्यकर्ता भएको आरोप लगाएको छ।
उक्त विवादको विषयलाई लिएर समाजवादी पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन सञ्चार गृह, सञ्चारकर्मी र प्रेस काउन्सिललगायत निकायलाई अपिलसमेत गरेको छ ।