मन्दिर स्तरोन्नतिका लागि रु तीन लाखको अक्षयकोष


व्यास नगरपालिका–५ सिर्दीमा रहेको सत्यवती गुफाको स्तरोन्नतिका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिएको छ । समुदायस्तरबाट रकम सङ्कलन गरी मन्दिरमा रु तीन लाखको अक्षयकोष स्थापना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिनुभयो । स्थानीयस्तरबाट उठेको अक्षयकोष सिर्दी टोल विकास समितिका अध्यक्षलाई हस्तान्तरण गर्दै व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले स्थानीय जनसमुदायबाट नै सङ्कलित रकमले मन्दिरको स्तरोन्नति र विकासमा सहयोग पुग्ने बताउनुभयो । एक हजार पाँच स्थानीयवासीसँग रु ३०० का दरले रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरिएको हो । सत्यवती गुफा गुप्तेश्वर महादेव मन्दिरको विशिष्ट धार्मिक विशेषता रहेको स्थानीयवासी बताउँछन् । मन्दिरको दर्शन गरेमा मनले चिताएको इच्छा पूरा पण्डितले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस