उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु


 

२ कात्तिक, विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाईते भएकाछन ।

भैरहवाबाट ओखलढुङ्गातर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो जिप सडकबाट करीब नौसय मिटर तल खस्दा त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामवहादुर सार्की सोही ठाउँ निवासी २७ वर्षिय कर्ण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भएको छैन . पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस