पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ६९८ कोरोना सङ्क्रमित


 

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ६९८ कोरोना सङ्क्रमित थपिएको डा गौतमले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार ४६९, ललितपुरमा १३० तथा भक्तपुरमा ९९ जना छन् ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । १२ को मृत्यु नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७३९ पुगेको छ । शनिबार पनि १२ सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस