प्रमका प्रेस सल्लाहकार सुर्य थापाको ट्विट ‘ प्रधानमन्त्रीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक लिनुभएको छैन ‘


 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि नै आफूले पाउने मासिक पारिश्रमिक नलिएको तथ्य सार्वजनिक भएको छ । हिजो सामाजिक सन्जालमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक ट्विट लेख्दै उक्त कुरा सार्वजनिक गर्नु भएको हो ।

यस्तै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमवार पत्रकार सम्मेलनमार्फत मन्त्रीहरुको दशैं भत्ता कोरोना कोसमा जम्मा गर्ने निर्णय गरिसकेको जानकारी दिनुभएको हो ।

यस्तो छ थापाको ट्विट

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक लिनुभएकाे छैन र काेराेना महामारी नियन्त्रणमा नअाउन्जेल नलिने घाेषणा पहिल्यै गर्नुभएको सबैमा अवगत नै छ ।
मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतकाे रकम काेराेना काेषमा जम्मा गर्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस