नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्ड बीच यस्तो भयो सहमति


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान बालुवाटारमा भएको छलफल चार बुदे सहमति भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही समय अगाडि यसको जानकारी दिनुभएको हो ।
हेर्नुस सहमति

१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३) मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र
४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ अावश्यक निर्णय लिने ।

प्रतिक्रिया दिनुहोस