भिडन्तमा १२ तालिबानी मारिए


फराह, ३१ बैशाख (रासस÷सिन्हवा) – अफगानिस्तानको घाज्नी प्रान्तमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । सो झडपमा परी तीन सरकारी सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ तालिबान लडाकू घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । घाज्नी प्रान्तको उत्तरी इलाकामा रहेका दुई वटा गाउँमा रहेका प्रहरी चौकीमा उक्त भिडन्त भएको थियो । सो आक्रमणको सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा परी १२ तालिबान लडाकू मारिएका जनाइएको छ । गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई