नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडाैँ उपत्यकाका मात्र ३१०७


५ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडौँमा २३९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जना रहेका छन् ।

उपत्यकामा मात्रै बितेको २४ घण्टामा ३१०७ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २०,११८ वटा नमुना परीक्षण गरिएको थियो। यो सङ्ख्या सर्वाधिक दैनिक वृद्धि हो।

 

याे सँगै हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ४४ हजार भन्दाबढी पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस